नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलको पहिलो हाफमा काठमाडौँ रेजर्स र स्पोर्टिङ इलाम एफसीले गोलरहित बराबरी गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
पाचौँ मिनेटमा काठमाडौका सोख्रुक एमको फ्रिकीक प्रहार इलामका गोलरक्षक विकेश कुथुले सहजै बचाए।
खेलको १३ औं समनेटमा इलामका अमाथ नदावको प्रहार काठमाडौका गोलरक्षक अविशेक बरालले सहजै बचाए। १७ औं मिनेटमा इलामका जितेन्द्र कार्कीको फ्रिकीक सेकेण्ड बारमा लाग्दै बाहिरियो।
त्यसयता खेलमा दुवै टोलीले केही राम्रो मुभ बनाएपनि गोल गर्न भने सकेका छैनन्।
काठमाडौं गत सिजनको च्याम्पियन टोली हो। इलाम भने एनएसलमा नवप्रवेशी टोली हो।
60
Shares
प्रतिक्रिया