ad ad

खेल


डर्टमन्ड च्याम्पियन्स लिगको नकआउट चरणमा, पीएसजीले अन्तिम खेल कुर्नुपर्ने

डर्टमन्ड च्याम्पियन्स लिगको नकआउट चरणमा, पीएसजीले अन्तिम खेल कुर्नुपर्ने

नेपालखबर
मंसिर १३, २०८० बुधबार ११:७, काठमाडौँ

जर्मन कलब बोरुसिया डर्टमण्ड युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेको छ।

गयाति इटालीको एसी मिलानलाई ३–१ गोलले   हराउँदै डर्टमन्डले अन्तिम १६ को यात्रा तय गरेको हो। 

डर्टमन्डको जितमा मार्को रुयोस, जे बिनोइ गिटेन्स र एडेमीले व्यक्तिगत १(१ गोल गरे। उता पराजित चुक्वाएजले सान्त्वना गोल गरे। मिलानका ओलिभर जिराउडले खेलको सुरूवातमै पेनाल्टी मिस गरे।

गसमूह जी कै अर्को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र इङ्लिस क्लब न्युक्यासलले १–१ गोलको बराबरी खेले। दुवै बराबरीमा रोकिँदा डर्टमन्डलाई सजिलो भयो
 
यो समूहमा डर्टमन्डले १० अंक बनाएको छ। दोस्रो स्थानमा रहेको पीएसजीले ७ अंक बनाएको छ।

उता न्युक्यासल र एसी मिलान ५,५ अंकसहित तेस्रो र चौथो छन्। नकआउट चरणमा पुग्न अब यी तीनवटै टिमलाई अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .