नेपाल सुपर लिग (एनएसएल) मा आज (बुधबार) पोखरा थन्डर्स र ललितपुर सिटी एफसी भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
पहिलो चरणमा जित निकालेका दुवै टोली आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छन्।
पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–० गोल अन्तरले हराएको थियो। ललितपुरले भने बुटवल लुम्बिनीलाई २–० ले पाखा लगाएको थियो।
पोखरा आइकोनिक खेलाडी तथा कप्तान दिनेश राजवंशीको कप्तानीमा मैदान उत्रनेछ। ललितपुर भने अनन्त तामाङको कप्तानीमा हुनेछ।
21
Shares
प्रतिक्रिया