नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (बिहीबार) एफसी बुटवल लुम्बिनीले साविक उपविजेता धनगढी एफसीको सामना गर्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
पहिलो खेलमा ललितपुर एफसीसँग २-० को हार बेहोरेको बुटवल पहिलो जितको खोजीमा मैदान उत्रदैछ।
उता धनगढीले भने पहिलो खेलमा वीरगन्ज युनाइटेडमाथि २-१ को जित हात पारेको थियो। धनगढी आजको खेलमा सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ।
लिगको दोस्रो चरणको खेल जारी रहँदा बुटबल अंकविहीन रूपमा तालिकाको पुछारमा छ।
धनगढी भने ३ अंकमा तालिकाको चौथो स्थानमा छ। आजको खेलमा जित निकाले धनगढी तालिकाको शीर्ष स्थानमा उक्लनेछ।
21
Shares
प्रतिक्रिया