खेल


दोस्रो हाफमा धनगढीको उत्कृष्ट पुनरागमन, इलामसँग बराबरी

दोस्रो हाफमा धनगढीको उत्कृष्ट पुनरागमन, इलामसँग बराबरी

नेपालखबर
मंसिर २३, २०८० शनिबार १५:७, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा अन्तर्गत शनिबार भएको खेलको पहिलो हाफमा पछि परेको धनगढी एफसीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै स्पोर्टिङ इलाम एफसीसँग अंक खोसेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबारको पहिलो खेलमा धनगढीले इलामलाई २–२ को बराबरी गर्दै अंक खोस्न सफल भएको हो।

खेलको पहिलो हाफमा २–० ले पछि परेको धनगढीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै इलामसँग बराबरी गरेको हो।

पहिलो हाफमा २–० को अग्रता बनाएको इलामले दोस्रो हाफमा केही सन्तुलन गुमाउँदा गोल खान पुग्यो।

खेलको ८३ औं मिनेटमा अफिज ओलावालेको गोलमा धनगढी बराबरीमा आएको थियो।

त्यसअघि ६९ औं मिनेटमा रिचार्ड ओसे आगेमाङको पेनाल्टी गोलमा धनगढी खेलमा फर्किएको थियो। ६८ औं मिनेटमा डि बक्स एरियामा इलामका डिफेन्डरले धनगढीका फरवार्ड आशिष चौधरीलाई लडाएपछि धनगढीले पेनाल्टी मौका पाएको थियो। जुन अवसरलाई धनगढीका रिचार्डले खेर जान दिएनन्।

८३ औं मिनेटमा इलामका इब्राहिमको फ्रिकीक पोष्टको माथिबाट आकाशियो। ७१ औं मिनेटमा अहमद हिजाजीको क्रसमा रोहन कार्कीको प्रहार इलामका गोलरक्षक सुमितले बचाए।

६६ औं मिनेटमा आशिष चौधरीको बर्नरमा फोडे फोफानाको प्रहार इलामका गोलरक्षक समित श्रेष्ठले जोगाए। ५६ औं मिनेटमा अमाथको क्रसमा फोडे कामाराको प्रहार धनगढीका गोलरक्षक ताहाले गोललाईनबाट उत्कृष्ट बचाउ गरे।

५९ औं मिनेटमा कमल श्रेष्ठको फ्रिकीक पोष्टको माथिबाट आकाशियो। ४९ औं मिनेटमा भरत खवासको प्रहार धनगढीका गोलरक्षक मोहम्मद ताहाले बचाए।
त्यसअघि पहिलो हाफको इन्ज्युरी समयमा इलामले धनगढीविरुद्ध २–० को अग्रता बनाएको थियो।

पहिलो हाफको इन्ज्युरी समयमा इलामका अमाथ एनडको क्रस धनगढीका गोलरक्षक मोहम्मद ताहाले नियन्त्रणमा लिन नसक्दा फोडे कामाराले सहजै पोष्टको जाली चुमाए।

त्यसअघि पहिलो इन्ज्युरी समयमा नै नविन लामाको कर्नर प्रहार धनगढीका गोलरक्षक मोहम्मद ताहाले हातमा लिएपनि नियन्त्रण गुमाउँदा त्यही बलमा ओमानर मोस्तफा थियामले गोल गर्दै अग्रता दोब्बर पारे।

त्यसअघि २३ औं मिनेटमा धनगढीका रोहन कार्कीको प्रहार पोष्टको नजिकबाट बाहिरियो।

२९ औं मिनेटमा इलामका इब्राहिम डिजिटेको फ्रिकीक धनगढीका गोलरक्षक मोहम्मद ताहाले पन्च गर्दै जोगाए।

आजै साँझ हुने दोस्रो खेलमा एफसी बुटवल लुम्बिनी र काठमाडौं रेजर्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .