‘आहा! रारा पोखरा गोल्डकप’ प्रतियोगिताको २३औं संस्करणमा भारतीय आई लिग क्लब दिल्ली एफसी र भुटानको शीर्ष क्लब पारो एफसी पनि सहभागी हुने भएका छन्।
आयोजक सहारा क्लब पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगितामा यसपटक दिल्ली र पारोसहित १२ क्लब सहभागी हुने जानकारी दिएको हो।
आहा रारा पोखरा गोल्डकपमा साविक विजेता संकटा क्लबसहित नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, जावालखेल युथ क्लब, राइजिङ स्टार एफसी नवलपुर, थ्रिस्टार क्लब, दिल्ली एफसी र पारो एफसीसहित आयोजक सहारा क्लब पोखरा भिड्नेछन्।
प्रतियोगिताको कूल अनुमानित आम्दानी १ करोड ८६ लाख ७५ हजार रुपैयाँ हुने अनुमान गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए। यस्तै प्रतियोगिता गर्दा १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च हुने गरेको छ।
२०६१ सालदेखि आवासीय रुपमा सञ्चालित एकेडेमीमा चौथो ब्याचमा ८ जिल्लामा १४ जना बालक छन्।
आहा रारा पोखरा गोल्डकप माघ ९ देखि २० गतेसम्म पोखरा रगंशालामा हुँदै छ।
Shares
प्रतिक्रिया