ad ad

खेल


एएफसी एसियन कपमा आयोजक कतारको विजय सुरुवात

एएफसी एसियन कपमा आयोजक कतारको विजय सुरुवात

नेपालखबर
पुस २८, २०८० शनिबार ८:०, काठमाडौँ

एएफसी एसियन कप २०२३ मा आयोजकसमेत रहेको साविक विजेता कतारले विजय सुरुवात गरेको छ।

विश्वकप फाइनल भएको लुसेल रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धामा कतारले लेबनानलाई ३–० गोलअन्तरले हराएको हो। 

कतारको जितमा अक्रम अफिफले २ र अल्मोएज अलीले १ गाले गरे। 

समूह एको सो खेलमा कतारले ४५औँ मिनेटमा अग्रता लिएको थियो। अलीको पासमा अफिफले बक्सको भित्रबाट गोल गरेका थिए।

अलीले ५६औँ मिनेटमा अर्काे गोल थपे। मोहम्मद वादको क्रसमा अलीले हेडरमार्फत गोल गरेका थिए। इन्ज्युरी समयको छैटौँ मिनेटमा अफिफले अर्को गोल थपेपछि कतारले ३–० को जित हासिल गरेको हो। 

एसियन कपअन्तर्गत शनिबार (आज) तीन खेल हुनेछन्। पहिलो खेल साँझ ५ः१५ बजे समूह बी’का अस्ट्रेलिया र भारतबीच हुनेछ।

समूह ‘ए’ को खेल राति ८ः१५ बजे चीन र पहिलो पटक छनोट भएको ताजिकिस्तानबीच हुनेछ। अनि शनिबार राति ११ः१५ बजे समूह ‘बी’ का सिरिया र उज्बेकिस्तान भिड्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .