ad ad

खेल


इंग्ल्यान्डविरुद्ध पहिलो दुई टेस्टका लागि भारतीय क्रिकेट टोली घोषणा

इंग्ल्यान्डविरुद्ध पहिलो दुई टेस्टका लागि भारतीय क्रिकेट टोली घोषणा

नेपालखबर
पुस २८, २०८० शनिबार ८:५२, काठमाडौँ

इंग्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट शृंखलाअन्तर्गत पहिलो दुई खेलका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ।

शुक्रबार राति घोषित भारतको १६ सदस्यीय टोलीमा तीन विकेटकिपर राखिएका छन्। तर इशान किशनले टोलीमा स्थान बनाउन सकेनन्।

उनको स्थानमा उत्तर प्रदेशका विकेटकिपर ध्रुव जुरेललाई मौका दिइएको छ। तर, मुख्य विकेटकिपरको भूमिकामा केएल राहुल हुनेछन्।
टोलीमा केएस भरत, अक्षर पटेल, मुकेश कुमार र आवेश खान पनि परेका छन्।

टोलीको कप्तानी रोहित शर्माले गर्नेछन् भने फास्ट बलर जसप्रित बुमराह उपकप्तान बनेका छन्।

भारतीय क्रिकेट टोली 

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), केएस भरत (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), आर अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव (चार स्पिनर), जसप्रित बुमराह (उपकप्तान), मोहम्मद सिराज, मुकेश कुमार र आवेश खान (चार फास्ट बलर)।

दुई टोलीबीचको पहिलो टेस्ट जनवरी २५ देखि हैदरावादमा हुनेछ। दोस्रो टेस्ट फेब्रुअरी २ देखि विशाखापट्टनममा हुनेछ।

तेस्रो टेस्ट १५ फेब्रुअरीदेखि राजकोटमा, चौथो खेल २३ फेब्रुअरीदेखि राँचीमा र पाँचौँ खेल ७ मार्चबाट धर्मशालामा हुनेछन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .