आयोजक गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी चौथो टाइगर कप भलिबलको सेमिफाइनलमा स्थान बनाएको छ।
मंगलबार बिहान भएको खेलमा तीन भारतीय खेलाडी सम्मिलित गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो।
समूह ‘ए’को दोस्रो खेलमा पुलिस क्लबले गण्डकीलाई २५–१०, २५–९ र २५–१६ को सोझो सेटमा पाखा लगाएको हो।
समूह ‘ए’मा रहेको पुलिस क्लबले अंक तालिकामा चार अंक बनाउँदै शीर्ष स्थानमा छ। पुलिस क्लबले पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो।
महिलातर्फकै अर्को खेलमा भारतको हरियाणा र त्रिभुवन आर्मी क्लब भिड्दै छन्। आजै हुने पुरुषतर्फको खेलमा एपीएफ र श्रीलंका आर्मी तथा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबबीच बीच हुनेछ।
33
Shares
प्रतिक्रिया