सुजन थपलियाको शतकमा कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबसामु १ सय ६७ रनको विजयी लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल पु्लिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोशी प्रदेश ४८.२ ओभरमा १ सय ६६ रन बनाउँदा अलआउट भयो।
कोशीका लागि सुजन थपलियाले शतक पूरा गरे। १ सय २६ बलमा ६ चौका र ८ छक्का हानेका सुजन करण केसीको बलमा क्याच आउट हुन पुगे।
अभ्यास तिमल्सिना २३ रनमा बोल्ड आउट भए। कप्तान अंकित सुवेदी १० रनमा क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
पुलिस क्लबका लागि करण केसी एक्लैले तिन विकेट लिए। ललित राजवंशी र सुनिल धमालाले समान २ विकेट लिए। रसिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक् विकेट लिए।
9
Shares
प्रतिक्रिया