ad ad

खेल


पीएम कप : बागमतीको पहिलो जित, मधेशको दोस्रो हार

पीएम कप : बागमतीको पहिलो जित, मधेशको दोस्रो हार

नेपालखबर
माघ २, २०८० मंगलबार १७:४३, काठमाडौँ

प्रतिश जिसीको अर्धशतक र सूर्य तामाङको घातक बलिङमा प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ।

मंगलबार भएको खेलमा बागमीले मधेस प्रदेशलाई ८६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो।

जितसँगै ३ खेलमा एक खेलमा जित र २ खेलमा हार भोगेको बागमती २ अंकमा छैटौँ स्थानमा छ। समान खेलबाट १ जित र २ हार भोगेको मधेश २ अंकमा सातौं स्थानमा छ।

बागमती प्रदेशले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश २९ ओभरमा १ सय ४ रनमा समेटियो।

मधेशलाई कम स्कोरमा रोक्न सुर्य तामाङ एक्लैले ६ विकेट लिए। घातक बलिङ गरेका सुर्यले ९ ओभरमा ३ मेडन राख्दै मात्र १८ रन खर्चे।

प्रतिश जिसी र इसान पाण्डेले समान २ विकेट लिए।

पवन सर्राफले बनाएको ४५ रन नै मधेशका लागि सर्वाधिक रह्यो। ४८ बलमा ४ चौका र २ छक्का हानेका पवन इसान पाण्डेको बलमा बोल्ड भए।

ओपनर मयन यादवले ३१ रन थपे। निरज यादव १५ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा मधेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा १ सय ९० रन बनाउँदा अलआउट भयो।

बागमतीका लागि प्रतिस जिसीले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ५५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

रविन जोशीले २१ रन थपे। इसान पाण्डेले १५, विपिन आर्चायले १३, कप्तान रित गौतमले १२ र रिजन ढकालले ११ रन बनाए। पाँच ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

मधेशका लागि रुपेश सिंह र अरनिको यादवले समान २ विकेट लिए। राजेश यादव, रन्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले समान एक विकेट लिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .