ad ad

खेल


दिनेश अधिकारीको उत्कृष्ट प्रदर्शनमा कर्णालीको दोस्रो जित

दिनेश अधिकारीको उत्कृष्ट प्रदर्शनमा कर्णालीको दोस्रो जित

नेपालखबर
माघ ३, २०८० बुधबार १७:१४, काठमाडौँ

अलराउन्डर दिनेश अधिकारीको उत्कृष्ट प्रर्दशनमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।

लुम्बिनीलाई ६० रनले हराउँदै कर्णाली प्रदेशले पिएम कपमा दोस्रो जित निकालेको हो। लुम्बिनीले भने प्रतियोगितामा दोस्रो हार व्यहोरेको हो। 

लु्म्बिनीका लागि विकास कार्कीले सर्वाधिक ४७ रनको योगदान दिए। ओपनर म्रिनल गुरुङ २२ रनमा रनआउट भए। 

मोहम्मद हुसैन र निर्मल गुरुङ समान १० रनमा आउट भए। 

लुम्बिनीलाई सस्तैमा रोक्न दिनेश अधिकारी एक्लैले ३ विकेट दिए। अनुज चुनारा र दिपेन्द्र रावतले समान २ विकेट लिए। दिवान पुनले एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा लुम्बिनी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित ४५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो। 

खराब मौसमका कारण निर्धारित समयभन्दा ढिला खेल सुरु भएपछि खेल ४५ ओभरमा छोट्टाइएको थियो। 

कर्णाली प्रदेशका दिनेश अधिकारी ५६ रनमा नटआउट रहे। ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। 

दिपेन्द्र रावतले ४७ रन थपे। हिमांशु शाहीले २५ र कप्तान तथा ओपनर रविन्द्र शाहीले ११ रन बनाए। 

लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले समान ३ विकेट लिए। मोहम्मद हुसैन, कृष्ण कार्की र अजय चौहानले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .