आईसीसी यू१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपालले आठौं विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई गुमाएको छ।
१ सय ४ बलमा १२ चौका हानेका अर्जुन ३७.२ ओभरमा ९० रन बनाउँदा क्याच आउट भए। अर्जुनले ७३ बलमा ६ चौका मद्धतमा अर्धशतक पूरा गरेका थिए।
कप्तान देव खनाल ३६ रनमा क्याच आउट भए। ३४ बलमा ५ चौका र १ छक्का प्रहर गरेका देव क्याच आउट हुन पुगे।
सुरुआतमा नै २ विकेट गुमाएका नेपालका लागि तेस्रो विकेटका लागि कप्तान देव र ओपनर अर्जुन कुमालले ५९ रनको साझेदारी गरे।
ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भए।
विकेट किपर उत्तम मगर शुन्य रनमा आउट भए। अनुभवी अलराउण्डर गुल्सन झा २ रनमा क्याच आउट भए।
न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३८ ओभरको समाप्तीमा ८ विकेटको क्षतिमा १ सय ८२ रन बनाएर खेलिरहेको छ।
अहिले क्रिजमा सुवास भण्डारी ७ र आकाश चन्द ६ रन बनाएर खेलिरहेका छन्।
नेपाललाई दबाबमा राख्ने क्रममा माट रोवेले ३ विकेट लिए। इवाल्डले २ विकेट लिए। मासोन क्लार्क, ओस्कार ज्याक्सन, ज्याक कुमिन्सले समान एक विकेट लिए।
त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको थियो।
Shares
प्रतिक्रिया