ad ad

खेल


ला लिगामा पकड बढाउँदै जिरोना, सेभियामाथि एकपक्षीय जितसहित शीर्ष स्थानमा

ला लिगामा पकड बढाउँदै जिरोना, सेभियामाथि एकपक्षीय जितसहित शीर्ष स्थानमा

नेपालखबर
माघ ८, २०८० सोमबार ११:५८, काठमाडौँ

स्पेनिस ला लिगामा फुटबल प्रतियोगितामा जिरोनाको सनसनीपूर्ण यात्रा जारी छ।

रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडको दबदबा रहँदै आएको ला लिगाको यो सिजनमा जिरोना अप्रत्यासित नतिजासहित आफूलाई शीर्ष स्थानमा राखिरहेको छ।

गयराति भएको खेलमा युक्रेनी फरवार्ड अर्टिम डोभ्ब्यकले ह्याट्रिक गरेपछि जिरोनाले सेभियामाथि ५-१ को एक पक्षीय जित निकालेको हो। 

एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै जिरोना ला लिगाको शीर्ष स्थानमा पनि उक्लिएको छ। 

जिरोनालाई जिताउने क्रममा अर्टिमले खेलको १३ औँ, १५ औँ र १९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

तर त्यसअघि सेभियाका लागि खेलको १० औँ मिनेटमा  रोमेरो बेर्नलले गोल गर्दै अग्रता दिलाएका थिए।

पहिलो हाफमा ३-१  को अग्रता बनाएको जिरोनाले दोस्रो हाफमा २ गोल थप्यो। उसका लागि खेलको ५६ औँ मिनेटमा त्सग्याकोभ र स्टुआनीले ८९ औँ मिनेटमा गोल गर्दै ५-१ को जित पक्का गरे।

अर्कातिर गयराति नै भएको खेलमा रियल मड्रिडले अल्मेरियामाथि ३-२ को जित निकालेको छ। 

अल्मेरियालाई हराउँदै रियल मड्रिड केही बेर लिगको शीर्ष स्थानमा उक्लिएको थियो। तर जिरोनाले लिगमा पकड बनाएको छ। 

गयराति नै भएको खेलमा फेर्राना टोर्रेसको ह्याट्रिक मद्दतमा बार्सिलोनाले रियल बेटिसलाई ४-२ को अन्तरले पराजित गरेको छ।

उसले ला लिगामा २१ खेलबाट ५२ अंकसहित आफूलाई शीर्ष स्थानमा पुर्‍याएको छ। उता रियल मड्रिड २० खेलबाट ५१ अंकसहित दोस्रो स्थानमा छ।

रियल बेटिसलाई हराएको बार्सिलोना लिगको तेस्रो स्थानमा छ। उस २० खेलबाट ४४ अंक बनाएको छ। बार्सिलोना ला लिगाको डिफेन्डिङ च्याम्पियन पनि हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .