सूर्य तामाङ र विपिन आचार्यको घातक बलिङमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाचौँ जित निकालेको छ।
बागमतीले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३०.३ ओभरमा १ सय ५० रनमा अलआउट भयो।
सुदूरका लागि नरेन भट्ट र किरण ठगुन्नाले समान ४१ रन बनाए। ओपनर खडक बोहोराले २१ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न सुर्य र विपिनले समान ३ विकेट लिए। घातक बलिङ गरेका सूर्यले ७.३ ओभरमा २ मेडन राख्लै १७ रन खर्चे। विपिनले ८ ओभरमा २ मेडन राख्दै ३२ रन दिए।
रिजन ढकाल, कृजन गुरुङ र सोनु देवकोटाले समान एक विकेट लिए।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुदूस्रपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रनको योगफल तयार पारेको थियो।
बागमतीका लागि ओपनर आशुतोषले ५४ रनको महत्वपूर्ण योगदान दिए। उनले ६२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्ला विकास अग्रीको बलमा क्याच हुन पुगे।
कप्तान रित गौतमले ४४ रन थपे। उनले ६१ बलमा ९ चौका हान्दा मिलन बोहोराको बलमा एलबीडब्लु धरापमा परे।
अशोक पौडेलले ३१ र रविन जोशीले २४ रन बनाए। प्रतिश जिसीले १७ र विपिन आचार्यले १२ रन बनाए। सोनु देवकोटा २८ रनमा नटआउट रहे।
सुदूरका लागि नारायण जोशी र शेर मल्लले समान ३ विकेट लिए। विकास आग्रीले २ तथा मिलन बोहोराले एक विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया