ad ad

खेल


उत्तम मगर ८ रनमै आउट, ६५ को स्कोरमा नेपाललाई दोस्रो झट्का

उत्तम मगर ८ रनमै आउट, ६५ को स्कोरमा नेपाललाई दोस्रो झट्का

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८० शुक्रबार २०:३, काठमाडौँ

आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सअन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले दोस्रो क्षति ब्यहोरेको छ।

नेपालका तेस्रो क्रमका ब्याटर उत्तम मगर केबल ८ रनमै आउट भए। उनी २१ औँ ओभरको क्याच आउट हुन पुगेका हुन्।

यसअघि नेपालका ओपनिङ ब्याटर दीपक बोहोरा १३ औँ ओभरको दोस्रो बलमा क्याच एन्ड बोल्ड भएका थिए। 

उनले ४२ बलमा २२ रन बनाउन सके। बोहोराले आफ्नो पारीमा ३ चौका पनि हाने 

भारतविरुद्धको पहिलो पावर प्लेमा नेपालले विकेट नगुमाई सम्हालिएर खेलेको थियो। तर त्यसयता नेपालले २ विकेट गुमाइसकेको छ। पावर प्लेमा नेपालले बिनाक्षति ३९ र बनाएको थियो। 

नेपालका लागि ओपनरहरू अर्जुन कुमाल र दीपक बोहोराले सम्हालिएर खेल्दै स्कोर ५० रन पुर्‍याउन लाग्दा बेला पहिलो विकेट गएको थियो।

अहिले नेपालका लागि ओपनर अर्जुन कुमाल ६० बलमा २५ रनसहित क्रिजमा छन्। कुमालले ३ चौका पनि हानेका छन्।  

तेस्रो क्रममा उत्तम आउट भएपछि उनको स्थानमा कप्तान देव खनाल आएका छन्। उनले २ बलमा २ रन बनाएका छन्। 

नेपालले ताजा अवस्थामा २२ ओभर खेल्दै २ विकेटको क्षतिमा ६८ रन बनाएको छ।

नेपाल पावर प्लेतर्फ पहिलो बिनाक्षति अघि बढेको थियो। यसअघि न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र पाकिस्तानसँगको सुरुवात नेपालको राम्रो हुन सकेको थिएन। 

यसअघि सचिन दास र उदय सहरनको शतकीय साझेदारीमा भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा छ।

आजको खेलमा भारतले जित निकाले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ। 

यसअघि दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो।

नेपालका लागि भारतविरुद्धको खेल औपचारिकता मात्रै हुनेछ। यसअघि नै सेमिफाइनलको दौडबाट बाहिरिएको नेपालका लागि बलियो भारतविरुद्धको खेल आफ्नो परीक्षण पनि हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .