स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा सेभिया विजयी भएको छ।
सेभियाले रायो भालेकानोलाई २–१ गोलअन्तरले हराएको हो।
सेभियाको जतिका लागि दुवै गोल युसेफ एन नेस्रीले गरे।
उनले खेलको १९औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि भालोकानेका तर्फबाट इसी पालाजोनले गोल गरेपछि खेल बराबरीको स्थितिमा आएका थियो।
तर ४५औँ मिनेटमा नेस्रीले अर्काे गोल गरेपछि सेभिया विजयी भएको हो।
जितसँगै सेभिया २३ खेलबाट २० अंकसहित १५औँ स्थानमा छ भने पराजित भालेकानो २४ अंकका साथ १३औँ स्थानमा छ।
18
Shares
प्रतिक्रिया