रुविना क्षेत्री बेलवासे र पूजा महतोको कीर्तिमानी साझेदारीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मालदिभ्ससामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
एसीसी महिला प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा मलेसियाको वांगीमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको हो।
पाँचौँ विकेटका लागि रुविना र पूजाले १ सय ६६ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल तयार गरेको हो।
321
Shares
प्रतिक्रिया