नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन्।
नामिबियाविरुद्धको खेलमा टोलीबाहिर रहेका दीपेन्द्र नेदल्यान्ड्सविरुद्धको खेलमा भने सुरुवाती ११ मा स्थान बनाएका हुन्।
अघिल्लो खेलमा दीपेन्द्र टोलीमा उपलब्ध थिएनन्। यूएईमा जारी आईएल टी २० मा गल्फ जायन्टसमा आबद्ध दीपेन्द्र टोलीमा फर्किएका हुन्।
उनको टोली फाइनलमा पुग्न नसकेपछि शुक्रबार राति नै नेपाल फर्किएको हो।
लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले हारेको थियो।
सिरिजको दोस्रो खेलमा नेपाल पहिलो जितको खोजीमा छ।
उता नेदरल्यान्ड्स भने नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ।
48
Shares
प्रतिक्रिया