फ्रान्सको शीर्ष डिभिजनको लिग खेलिरहेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेलमा टोली बाहिर छिन्।
साम्बा सम्मिलित एन अभान्ट गुइएङग्याम्पले शनिबार पिएसजीको सामना गर्दैछ। तर, साम्बा भने टोली बाहिर हुनेछिन्।
पीएसजीविरुद्धको खेल साम्बा टोलीमा आवद्ध हुनुअघिकै भएका कारण साम्बाले पिएसजीविरुद्धको खेल खेल्न नपाएकी हुन्।
यो खेल गत नोभेम्बर ४ मा नै खेल्ने तालिका भएपनि वर्षाका कारण खेल स्थगित भएको थियो। फ्रेन्च लिग नियममा खेल स्थगित भएपछि त्यही बेला दर्ता भएका खेलाडी मात्र खेल्न पाउनेछन्।
त्यसैले साम्बा आजको खेलमा बेन्चमा हुनेछिन्। साम्बा गत जनवरीमा मात्र टोलीमा आवद्ध भएकी थिइन्।
यद्यपी पिएसजीविरुद्धको खेलका लागि पेरिस पुगेकी साम्बा शनिबार राति नै साउदी अरेबिया प्रस्थान गर्नेछिन्।
नेपाली राष्ट्रिय टोली साउदी अरेबियामा हुने वाफ च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार त्यसतर्फ लागेको छ।
साम्बा भने आज राती साउदीका लागि उड्नेछिन्।
Shares
प्रतिक्रिया