ओमानमा आगामी चैत-वैशाखमा हुने एसीसी प्रिमियर कपमा नेपाल समूह ए मा परेको छ।
एसियाली क्रिकेट परिषद (एसीसी) सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेको समूह ए मा परेको छ।
समूह बी मा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन्।
नेपालले प्रिमियर कपको पहिलो खेलमा आगामी चैत्र ३० गते मलेसियासँग खेल्नेछ।
दोस्रो खेलमा बैशाख १ गते कतारसँग तथा तेस्रो खेलमा बैशाख ३ गते हङकङसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा बैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।
समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलका खेलहरु वैशाख ७ गते हुनेछ।
सेमिफाइनलका विजेताले फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।
तेस्रो स्थानको खेल बैशाख ८ गते हुनेछ। उपाधि भिडन्त वैशाख ९ गते हुने तालिका छ। कारणवश फाइनलखेल ९ गते हुन नसके १० गतेका लागि रिजर्भ डे राखिएको छ।
च्याम्पियनसिप फागुन ३० देखि वैशाख ९ गते सम्म चल्नेछ। प्रिमियर कपको विजिेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ।
च्याम्पियनसिपका सबै खेलहरु ओमान टर्फ ग्राउण्ड १ र २ मा हुनेछ।
Shares
प्रतिक्रिया