ad ad

खेल


टी २० सिरिजका सबै खेल एक्सन स्पोर्टसमा

टी २० सिरिजका सबै खेल एक्सन स्पोर्टसमा

नेपालखबर
फागुन १५, २०८० मंगलबार १३:३९, काठमाडौँ

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० त्रिकोणात्मक सिरिज भइरहेको छ।

नेपाल, नामिबिया र नेदरल्याण्ड्स सहभागी उक्त टी २० सिरिजका सबै खेल डिशहोमको एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ।

पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरएको डिशहोमले त्रिकोणात्मक टी २० सिरिज पनि प्रसारण गर्ने सोमबार जानकारी गराएको हो । 

एक्सनस्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रसारण भएको थियो।

टी २० सिरिज अन्तर्गत मंगलबार(२७ फेब्रुअरीमा) नेपालले नामिबियासँग खेल्नेछ भने २८ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग खेल्ने छ। यसैगरी २९ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्नेछन्।

त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ हुनेछ। तीनमध्ये शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्नेछन्। सबै खेल बिहान साढे ११ बजेदेखि सुरु हुनेछन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .