घरेलु मैदानमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टोलीमा २ परिवर्तन गरेको छ।
यसअघि नामिबियाविरुद्ध खेलेको टोलीमा रहेका अविनास बोहोरा र विवेक कुमार यादवको स्थानमा ललित राजवंशी र प्रतिश जिसीलाई ल्याइएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्।
नेपालको सुरुवाती ११
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल,सन्दीप जोरा, सोमपाल कामी, प्रतिश जिसी, करण केसी, ललतिनारायण राजवंशी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी
1.1k
Shares
प्रतिक्रिया