घरेलु मैदानमा हुने साफ यू-१६ महिला च्याम्पियनसिप शुक्रबार (फागुन १८) देखि सुरु हुँदैछ।
खेलअघिको पत्रकार सम्मेलनमा चारै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि खेल्ने बताए।
साफ च्याम्पियनसिपमा नेपालसहित, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेलको तयारी पूरा भएको छ।
प्रतियोगिताको पहिलो खेलमा भोलि शुक्रबार भारत र भुटान खेल्नेछन्।
घरेलु टोली नेपालले शनिबार बंगलादेशसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ।
सोमबार भुटान र नेपाल खेल्नेछन्। २२ गते भारत र बंगलादेश खेल्नेछन्।
२४ गते बुधबार नेपाल र भारत खेल्नेछन्। राउण्ड रोविनको अन्तिम खेलमा २५ गते बंगलादेश र भुटान खेल्ने तालिका छ।
चार टोली सहभागी च्याम्पियनसिपमा राउण्ड रोविनपछि शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्। फाइनल खेल २७ गते हुनेछ।
च्याम्पियनसिपका सबै खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ। यसअघि च्यासल मैदानमा हुने भनिए पनि खेलहरु एन्फा मैदानमा हुन लागेको हो। सबै खेल दिउँसो ३ बजे सुरु हुनेछ।
Shares
प्रतिक्रिया