टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
सिरिजका दुई खेलमा लगातार हार भोगेको नेपाललाई फाइनल सम्भावना बलियो बनाउन जित्नै पर्ने दबाब छ।
पहिलो खेलमा नािमिबियासँग २० रनले पराजित भएको थियो। नेदरल्याण्डस्सँग भने २ रनले हारेको थियो।
81
Shares
प्रतिक्रिया