अलराउन्डर करण केसीले टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा पहिलो ओभरमै दुई विकेट लिएका छन्।
ओभरको चौथो बलमा ओपनर माइकल लेभिट ४ रनमा आउट गराएका करणले अन्तिम बलमा सेब्रड एंगेलब्रेटाई शून्य रनमै पेभेलियन पठाए।
क्रिजमा ओपनर म्याक्स ओ डाउड १ रनमा नटआउट छन्। क्रिजमा कप्तान स्कट इवार्ड आएका छन्।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो।
147
Shares
प्रतिक्रिया