साफ यू-१६ महिला च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध नेपालले अग्रता बनाएकाे छ।
ललितपुरकाे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सकाे मैदानमा खेलकाे पहिलाे हाफ सकिँदा नेपालले ३-० काे अग्रता बनाएकाे छ।
खेलकाे १४ ओँ मिनेटमा पुजा रानाकाे गाेलमा नेपालले सुरुवाती अग्रता बनाएकाे थियाे। १८औँ मिनेटमा कप्तान भूमिका बुढाथाेकीकाे गाेलमा नेपालले अग्रता दाेब्बर पार्यो।
खेलकाे २८औँ मिनेटमा भुटानकी छाेटेन जाग्माेकाे प्रहार नेपालकी गाेलरक्षक झरना डुम्राकाेटीले जाेगाइन्।
खेलकाे ३१ओेँ मिनेटमा ग्यान्सु डाेल्मा लाेको गाेलमा नेपालले ३-० काे अग्रता बनायाे। उनले फ्री किकमा सिधै गाेल गरेकी थिइन्।
३८औँ मिनेटमा छिरिङ ल्याह्माेकाे पेनाल्टी प्रहार नेपालकी गाेलरक्षकले सहजै बचाइन्।
237
Shares
प्रतिक्रिया