खेल


साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित (तस्बिरहरू)

साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित (तस्बिरहरू)

नेपाल र भुटानको खेल। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन २१, २०८० सोमबार १७:४, काठमाडौँ

साफ यू-१६ महिला च्याम्पियनसिपमा घरेलु टाेली नेपालले पहिलाे जित दर्ता गरेकाे छ। भुटानले भने लगातार दोस्रो हार भाेगेकाे हाे। 

साेमबार ललितपुरकाे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सकाे मैदानमा भएकाे खेलमा नेपालले भुटानलाई ३-० गाेल अन्तरले पराजित गरेकाे छ। 

नेपालले तीनै गाेल खेलकाे पहिलाे हाफमा गरेकाे हाे। खेलकाे १४ओँ मिनेटमा पुजा रानाकाे गाेलमा नेपालले सुरुवाती अग्रता बनाएकाे थियाे। 

१८औँ मिनेटमा कप्तान भूमिका बुढाथाेकीकाे गाेलमा नेपालले अग्रता दाेब्बर पार्‍यो। खेलकाे २८औँ मिनेटमा भुटानकी छाेटेन जाग्माेकाे प्रहार नेपालकी गाेलरक्षक झरना डुम्राकाेटीले जाेगाइन्। 

खेलकाे ३१औँ मिनेटमा ग्यान्सु डाेल्मा लाेको गाेलमा नेपालले ३-० काे अग्रता बनायाे। उनले सिधै फ्री किकमा गाेल गरेकी थिइन्। 

३८औँ मिनेटमा छिरिङ ल्याह्माेकाे पेनाल्टी प्रहार नेपालकी गाेलरक्षकले सहजै बचाइन्। राउन्ड राेविनकाे अन्तिम खेलमा नेपालले भारतसँग खेल्नेछ। 

नेपाल पहिलाे खेलमा बंगलादेशसँग २-० काे गाेल अन्तरले पराजित भएकाे थियाे।

च्याम्पियनसिपमा भोलि दिउँसो ३ बजे भारत र बंगलादेशले खेल्ने तालिका छ। 

तस्बिहरू : सरोज नेपाल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .