ad ad

खेल


हङकङविरुद्ध आकाशले दिलाए नेपाललाई दोस्रो सफलता

हङकङविरुद्ध आकाशले दिलाए नेपाललाई दोस्रो सफलता

नेपालखबर
फागुन २६, २०८० शनिबार १२:८, काठमाडौँ

हङकङसँगको जारी मैत्रीपूर्ण खेलमा नेपालका तिव्र गतिका बलर आकाश चन्दले दोस्रो सफलता हात पारेका छन्। चन्दको बलमा मार्टिन कोट्जी प्रतिश जिसीको हातबाट आउट भएका हुन्। 

आकाशले पहिलो ओभरमा ५ रन खर्चेर १ विकेट लिएका थिए।

हङकङमा भइरहेको खेलमा नेपाली टोलीका आरिफ शेखले पहिलो विकेट लिएका थिए। इनिङको सुरुवात गरेका शेखले तेस्रो ओभरको दोस्रो बलमा हङकङका निजाकत खानलाई सन्दी जोराको हातबाट क्याच आउट गराएका थिए। 

पहिले ब्याटिङको निम्तो पाएको हङकङले १० ओभरमा ८४ रन बनाएर खेलिरहेको छ।  नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलि (फागुन २७) देखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुँदै छ।

त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेलिरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .