ad ad

खेल


५० रन नबनाउँदै आयरल्यान्डले गुमायो दुवै ओपनर

५० रन नबनाउँदै आयरल्यान्डले गुमायो दुवै ओपनर

फाइल तस्बिर


नेपालखबर
चैत १३, २०८० मंगलबार १५:२८, काठमाडौँ

नेपालले दिएको १९९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको आयरल्यान्ड 'ए' ले दुवै ओपनर गुमाएको छ।

नेपाली राष्ट्रिय टोलीले दिएको १ सय ९९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ५० रन नबनाउँदै आयरल्यान्डले दुवै विकेट गुमाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको  थियो।

नेपालका लागि खेलको चौथो ओभरको अन्तिम बलमा स्टिफन डोहेनीलाई सोमपाल कामीले रोहित पौडेलको हातबाट क्याच आउट गरेका हुन्। डोहेनी २६ रनमा क्याच आउट भए।

त्यसैगरी आयरल्यान्डका अर्का ओपनर रस आदिर पनि ५.२ ओभरमा आउट भए। उनलाई कुशल मल्लले गुलशन झाको हातबाट १७ रनमा क्याच आउट गराए। 

ताजा अवस्थामा आयरल्यान्डले ८ ओभर खेल्दै २ विकेटको क्षतिमा ६० रन बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .