ad ad

खेल


सुपर सिक्सेसको सातौँ संस्करण वैशाख अन्तिम साता

सुपर सिक्सेसको सातौँ संस्करण वैशाख अन्तिम साता

नेपालखबर
चैत १६, २०८० शुक्रबार १४:१८, काठमाडौँ

एसएस इभेन्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेसको सातौँ संस्करण वैशाख अन्तिम साता हुने भएको छ।

एसएस इभेन्ट्सले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सातौँ संस्करण आगामी वैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो। 

तीन वर्षपछि हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्ने इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले जानकारी दिए।

लिगकम नकआउटमा हुने प्रतियोगिता पाँच ओभरमा खेलाइने छ। 

आफूहरूले नाफा कमाउने भन्दा पनि नेपाली क्रिकेटको विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्र्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्ने गरेको प्रालिका निर्देशक रौनियारले बताए। आउने दिनमा उमेर समूहका प्रतियोगिता आयोजना गर्ने योजना रहेको समेत उनले सुनाए। 

सन् २०१४ देखि आयोजना भइरहेको प्रतियोगतामा यो संस्करणदेखि नेकोस जोडिएको हो। सम्झौतापत्रमा इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लव घोषले सम्झौतापत्रमा हस्ताक्षर गरे।

पछिल्लोपटक सन् २०२० मा छैटौँ संस्करण आयोजना भएपछि कोराेना महामारी र त्यसपछिको आर्थिक संकटका कारण प्रतियोगिता हुन सकेको थिएन।

प्रतियोगिताका विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्। प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन्। 

सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गर्ने आयोजकले जनाएको छ। काम गरेको ६ महिना पूरा भएमा व्यावसायिक क्रिकेटरले पनि कर्पोरेट हाउसबाट खेल्ने पाउने एसएस एभेन्ट्सका निर्देशक रौनियारले जानकारी दिए।  

प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .