खेल


नखेलिएको खेलमा जापान उत्तर कोरियाविरुद्ध विजयी घोषित

नखेलिएको खेलमा जापान उत्तर कोरियाविरुद्ध विजयी घोषित

नेपालखबर
चैत १८, २०८० आइतबार ८:३८, काठमाडौँ

जापान पुरुष फुटबल टोली उत्तर कोरियाविरुद्धको निलम्बित विश्वकप छनोट खेलको विजेता घोषित भएको छ।

यो खेल गत मंगलबार प्योङयाङमा हुने तालिका थियो, तर उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगन गर्‍यो। तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण दिएको छैन।

विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो रद्द भएको खेलको विजेता घोषणा गरेको छ।

जापान ३-० ले विजयी घोषित भएको छ।

आणविक कार्यक्रमका कारण उत्तर कोरियामाथि धेरै प्रकारका प्रतिबन्ध लगाइएको छ।

उत्तर कोरिया संसारका सबैभन्दा पृथक देशमध्ये एक हो। यहाँ किम जोङ उनले शासन गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .