खेल


बाबर आजम फेरि बने पाकिस्तानी क्रिकेट टिमको कप्तान

बाबर आजम फेरि बने पाकिस्तानी क्रिकेट टिमको कप्तान

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८० आइतबार १२:२३, काठमाडौँ

बाबर आजमलाई फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान बनाइएको छ। बाबरले अब टी २० र एक दिवसीय फर्म्याटमा पाकिस्तान टोलीको कप्तानी सम्हालेछन्।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले छनोट समितिको सिफारिसपछि बाबरलाई यो जिम्मेवारी दिएका हुन्। उता शान मसुद टेस्ट टोलीको कप्तानमा कायमै रहनेछन्।

भारतको आयोजनामा खेलिएको एक दिवसीय विश्वकप २०२३ मा खराब प्रदर्शनपछि बाबर आजमले तीनै फर्म्याटको कप्तानी छाडेका थिए। 

त्यसपछि शाहिन शाह अफरिदीलाई टी-२० टिमको कप्तान बनाइएको थियो। 

त्यसबेला शान मसुदलाई टेस्ट टोलीको कप्तान बनाइएको थियो। पाकिस्तानको टोलीले केही वर्षयता बिर्सनलायक प्रदर्शन गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .