खेल


आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ टोली २१ रनले पराजित

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ टोली २१ रनले पराजित

नेपालखबर
चैत २१, २०८० बुधबार १५:३, काठमाडौँ

आयरल्यान्ड ए सँगको तीन खेलको ओडिआई सिरिजको पहिलो खेलमा नेपाल ए टोली २१ रनले पराजित भएको छ।

आयरल्याण्डले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ए २५.३ ओभरमा १ सय ३६ रनमा समेटियो।

नेपालका लागि साहब आलमले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। देव खनालले २६ र बसिर अहमदले २० रन थपे। रिजन ढकाल १२ रनमा नटआउट रहे।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपाललाई कम स्कोरमा रोक्न म्याथुले ५ विकेट लिए। लियान म्याककार्तीले ४ विकेट झारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्याण्ड ३८.३ ओभरमा १ सय ५७ रन बनाउँदा अल आउट भयो।

आयरल्याण्डलाई कम स्कोरमा रोक्न नेपालका लागि कमल ऐरिले ह्याट्रिकसहित चार विकेट लिए। कमलले ३९ औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिर्दै ह्याट्रिक पूरा गरे।

कमलले पहिलो बलमा लियाम म्याककार्तिलाई आउट गरे। दोस्रो बलमा क्याथु हकपफ्रेस र तेस्रो बलमा वेन ह्वाइटलाई बोल्ड आउट गरे।

उनले २९ ओभरको तेस्रो बलमा कप्तान निल रकलाई एलबीडब्लु धरापमा पारे।

साहब आलम र मौसम ढकालले समान २ विकेट लिए। रिजन ढकालको नाममा एक् विकेट रह्यो।

आयरल्याण्डका लागि केडे कारमाइकलले बनाएको ५१ रन नै सार्वधिक रह्यो। कप्तान निलले ३९ रन थपे। पेटर मुरले २१ रन बनाए। ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ।

यसअघि आयरल्याण्डसँग नै भएको तीन खेलको टी–२० सिरिज नेपालले २–१ ले गुमाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .