ad ad

खेल


यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

नेपालविरुद्ध यूएई टोली। तस्बिर : क्यान


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १३:२५, काठमाडौँ

एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईसामु १ सय २० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको हो। 

यूएईविरुद्ध खराब ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पूरा गरे। ३९ बलमा ४ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरेका सन्दीप मोहम्मद फारुकको बलमा क्याच आउट भए। 

गुल्सन झा २० रन बनाउँदा क्याच आउट हुन पुगे। १६ बलमा १ चौका र १ छक्का हानेका गुल्सन जुनैद सिद्दीकीको बलमा क्याच आउट भए।

करण केसीले १७ रन थपे। १२ बलमा २ छक्का हानेका करण अलि नसिरको बलमा बोल्ड आउट भए। 

अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

ओपनर आशिफ शेख ८ रन बनाउँदा आउट भए। चौथो ओभरको तेस्रो बलमा अ‍ोपनर आशिफ एलबीडब्लु धरापमा परे। इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनरलाई गुमाएको थियो। 

कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले समान ५ रन बनाउँदै आउट भए। नेपालले चौथो विकेटको रुपमा कुशल मल्ललाई गुमाएका थियो।  ५ बलमा ३ रन बनाएका कुशल बसिर अहमदको बलमा बोल्ड आउट भए। 

यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .