वेस्ट इन्डिजविरुद्धको खेलबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीले नयाँ जर्सी प्रयोगमा ल्याएको छ।
नेपालले टी-२० विश्वकपका लागि नयाँ जर्सी सार्वजनिक गरेको थियो। सो जर्सी नेपालले घरेलु मैदानमा सुरु पाँच खेलको सिरिजबाट जर्सी प्रयोगमा ल्याएको हो।
नेपाली टोलीको यसपटकको जर्सी केल्मीले निर्माण गरेको हो।
टी–२० विश्वकप आगामी जुनमा हुँदै छ।
नेपाल दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स सम्मिलित समूह डी मा रहेको छ। नेपाली टोलीले आगामी जुन ४ मा नेदरल्यान्डससँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ।
यसअघि क्यानले खुला स्पर्धाबाट आदर्श पोखरेलले गरेको डिजाइनलाई छनोट गरेको थियो।
87
Shares
प्रतिक्रिया