ad ad

खेल


आईसीसी टी–२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य

आईसीसी टी–२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य

नेपालखबर
जेठ २०, २०८१ आइतबार ८:१२, काठमाडौँ

ओपनर नवनित डालिवाल र निकोलस किर्तनको अर्धशतक मद्दतमा आईसीसी टी–२० विश्वकपमा क्यानडाले घरेलु टोली अमेरिकासामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

अमेरिकाको डलास्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रनको योगफल तयार पारेको हो।

क्यानडाका लागि नवनित डालिवालले ६१ रनमा क्याच आउट भए। उनले ४४ बलमा ६ चौका र ३ छक्का हाने। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्का सहयोगमा ५१ रन बनाए। 

ओपनर आरोन जोनसनले २३ र श्रेयास मोभ्याले ३२ रन बनाए। दिलप्रित बज्वा ११ रन बनाउँदा रन आउट भए। यास मोभ्या ३२ र डिलोन हेलिंगर १ रनमा नटआउट रहे। अमेरिकाले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .