आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाविरुद्ध पावर प्लेमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
६ ओभरको समाप्तीमा नेपालले विना विकेटको क्षति ३२ रन बनाएर खेलिरहेको छ। ओपनर कुशल भुर्तेल १२ र आशिफ शेख १४ रनमा अविजित छन्।
विश्वकपको सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न नेपाललाई जित्नै पर्ने दबाव छ। दक्षिण अफ्रिका भने सुपर ८ मा पुगिसकेको छ।
दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल सम्हालिएर खेलिरहेको छ।
दोस्रो ओभरको पाचौँ बलमा ओपनर आशिफ शेखले जिवनदान पाएका थिए। कागिसो रवाडाको बलमा क्याच छुट्टा जिवनदान पाएका थिए।
3
Shares
प्रतिक्रिया