आईसीसी टी-२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा जारी दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाललाई तेस्रो झड्का लागेको छ।
चौथो नम्बरमा ब्याटिङमा आएका अनिल शाह २७ रन बनाउँदा एडेन मक्रमको बलमा मार्को जानसेनको हातबाट क्याच आउट भए।
तेस्रो विकेटका लागि अनिल शाह र आशिफ शेखले ५० रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका छन्।
२४ बलमा ३ चौका र १ छक्का हानेका अनिल चौथो ओभरको चौथो बलमा आउट भए।
त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट लिएको थियो।
ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा बोल्ड आउट भए। कुशल आठौँ ओभरको दोस्रो बलमा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए।
सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शून्य रनमै बोल्ड आउट भए।
दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ।
Shares
प्रतिक्रिया