ad ad

खेल


हराउँछु भनेर खेलाडी मैदानमा जाँदैन, गुल्सनलाई गाली नगर्नुहोला : रोहित

हराउँछु भनेर खेलाडी मैदानमा जाँदैन, गुल्सनलाई गाली नगर्नुहोला : रोहित

नेपालखबर
असार ६, २०८१ बिहिबार १६:१०, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गुल्सन झालाई गाली नगर्न आग्रह गरेका छन्। 

आईसीसी टी२० विश्वकपबाट फर्किएपछि कप्तान रोहितले समर्थकभन्दा पनि बढी निराश गुल्सन भएको सुनाए।

‘हामी फर्केर आउँदा पनि केही समर्थकलले गुल्सनले गर्दा हार्‍यो भन्दा एकदम नराम्रो हुन्छ। खेलाडी कहिल्यै हराउँछु भनेर जाँदैन, जित्छु भनेर नै जान्छ, त्यस्तोमा २/४ जनाले त्यस्तो भनेपछि एकदमै नराम्रो महसुस भयो। त्यस्तो नगर्दिनु। गुल्सनले हामीलाई एसिया कपमा पनि पुर्‍याएको हो, कति खेलहरू जिताएको छ। त्यो हाम्रो पनि जिम्मेवारी हो,’ पौडेलले भने।

साथै, उनले खेलाडीलाई यस्तो तरिकाबाट ट्रिट गर्दा गलत अर्थ जानसक्ने पनि बताए। 

‘खेलाडीलाई यस्तो गरेपछि आमा बुवाले पनि आफ्नो बच्चालाई पठाउँदैनन्। त्यसैले खेलाडीलाई कसरी ट्रिट गर्ने भन्ने कुरा हो,’ उनले भने।

टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले अनुभवको कमीका कारण गुल्सन रन आउट भएकाले उसलाई दोष दिनुपर्ने कुनै कारण नरहेको बताए।

उनले थपे, ‘सोमपाल र गुल्सन दुबै जना केही सोच्नै नसक्ने अवस्थामा पुगेका थिए। यो सबै अनुभवको कमीको कारण नै हो।’

उनले अघि थपे, ‘गुल्सन युवा खेलाडी भएको र उस्लै सिक्दै गरेको अवस्थामा छ। अनुभवको कमी छ। के गरौँ, के गरौँ भन्ने भयो। बलले हिट गरेपछि बल पछी नै छ भनेर आरामले दौडीएको थियो, कसैलाई दोषारोपण गर्ने, दोष लगाउन जरुरत छ जस्तो लाग्दैन। क्षमता भएको खेलाडीलाई उसको मर्म घटाउने काम हुन्छ यस्तो बेलामा उसलाई सम्पुर्ण मिडीया र क्रिकेट समर्थकको साथ र सहयोगको आवस्यक्ता छ ना की गुल्सनले गरेर हार्यो भन्नु राम्रो होइन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .