ad ad

खेल


‘सुपर एट’मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित दर्ता गरेकै दिन इंग्ल्यान्डको पहिलो हार

‘सुपर एट’मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित दर्ता गरेकै दिन इंग्ल्यान्डको पहिलो हार

नेपालखबर
असार ८, २०८१ शनिबार ६:२९, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित दर्ता गरेको दिन इंग्ल्यान्डले भने पहिलो हार व्यहोरेको छ। 

शुक्रबार राति भएको समूह बी को खेलमा दक्षिण अफ्रिकाले इंग्लयान्डमाथि ७ रनको जित निकालेको हो। 

दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रन मात्र बनाउन सक्यो। 

इग्ंल्यान्डका ह्यारी ब्रुकले ३७ बलमा ७ चौका सहयोगमा ५३ रन बनाएपनि टोलीको हार टार्न सकेनन्। 

लियाम लिभिङस्टोमले १७ बलमा ३ चौका र २ छक्का सहयोगमा ३३ रन बनाए। कप्तान जस बटलरले १७, जोनी बिस्ट्रोले १६ रन थपे। 

दक्षिण अफ्रिकाका कागिसो रबडा र केशव महाजनले समान २ विकेट लिए। ओटनिल बार्टमन र एडेन मक्रमले समान १ विकेट लिए। 

त्यसअघि इग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६३ रनको योगफल तयार पारेको थियो। 

क्वीन्टन डि ककले ३८ बलमा ४ चौका र ४ छक्का सहयोगमा सर्वाधिक ६५ रनको योगदान दिए। डेभिड मिलरले ४५ रन थपे। उनले २८ बलमा ४ चौका र २ छक्का हाने। रिजा हेनड्रिक्सले १९ रन थपे। 

इंग्ल्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए। मोइन अली र आदिल रासिदले समान एक विकेट लिए। 

जितसँगै २ खेलबाट ४ अंक जोडेकने दक्षिण अफ्रिका समुह बी को शीर्ष स्थानमा छ। समान खेलबाट १ अंक भएको इंग्ल्यान्ड दोस्रो स्थानमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .