ad ad

खेल


वेस्ट इन्डिजमा विश्वकप खेलेर स्वदेश फर्किए सन्दीप

वेस्ट इन्डिजमा विश्वकप खेलेर स्वदेश फर्किए सन्दीप

तस्बिर : सरोज नेपाल


नेपालखबर
असार ८, २०८१ शनिबार १६:४३, काठमाडौँ

आईसीसी टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका स्पिनर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको ३ दिनपछि सन्दीप शनिबारमात्रै नेपाल आइपुगेका हुन्। 

अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन्। शनिबार उनी एअर अरेबियाको फ्लाइटबाट क्यानडा हुँदै नेपाल आइपुगेका हुन्। 

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप सकेर क्रिकेट टोलीका सदस्यहरू दुई समूहमा बाँडिएर नेपाल फर्किएको थियो। 

सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेखलगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थियो भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको थियो। उनीहरू अमेरिकाबाट सिधै नेपाल आएका थिए।

तर, अमेरिकाले भिसा नदिएकै कारण सन्दीप विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा भएका खेलमा मात्र सहभागी हुन पाएका थिए। 

१४ वर्षपछि विश्वकप खेलेको नेपाल ४ वटा खेलमा एउटा पनि नजिती नेपाल समूह चरणबाटै बाहिरिएको थियो। 

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। 

चौथो तथा अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपबाट यात्रा टुंग्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .