ad ad

खेल


उरुग्वेसँग पराजित भएपछि ब्राजिल कोपा अमेरिकाबाट बाहिरियो

उरुग्वेसँग पराजित भएपछि ब्राजिल कोपा अमेरिकाबाट बाहिरियो

नेपालखबर
असार २३, २०८१ आइतबार ९:५, काठमाडौँ

उरुग्वेसँग टाइब्रेकरमा पराजित हुँदै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। 

आइतबार बिहान भएको खेलमा ब्राजिललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उरुग्वे सेमिफाइनलमा पुगेको हो। 

ब्राजिलका लागि पहिले पेनाल्टी प्रहार गर्न आएका एडेर मिलिटाओको प्रहार विफल भयो। तेस्रो नम्बरमा आएका लुइसको प्रहार पनि विफल हुँदा ब्राजिल अन्तिम ८ बाटै घर फर्किएको हो।  उरुग्वेका जोसे मारियाबाहेक अन्य सबैले गोल गर्न सफल भए। 

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। 

निर्धारित समयको ७४ औँ मिनेटमा उरुग्वे १० खेलाडीमा सिमित हुन पुग्यो। नहितान नान्देजले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि उरुग्वे १० खेलाडीमा समेटियो। यो पटक राम्रो खेल पस्कन नसकेको ब्राजिल अन्तिम चारमा पुग्न असफल रह्यो। 

उरुग्वेले अब फाइनल प्रवेशका लागि कोलोम्बियासँग खेल्नेछ। 

आजै भएको अर्को क्वार्टरफाइनलमा पानामालाई ५–० को फराकिलो अन्तरले हराउँदै कोलोम्बिया सेमिफाइनलमा पुगेको छ। 

योसँगै कोपा अमेरिकाको सेमिफाइनल समिकरण पूरा भएको छ। सेमिफाइनल खेल बुधबार र बिहिबार हुनेछ। पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .