ad ad

खेल


एनआरटी र एफसी खुमलटारको विजयी सुरुवात

एनआरटी र एफसी खुमलटारको विजयी सुरुवात

नेपालखबर
असार ३०, २०८१ आइतबार १८:३३, काठमाडौँ

न्युरोड टिम (एनआरटी) र एफसी खुमलटारले ललित स्मृति एन्फा यू–१८ युथ लिगमा विजयी सुरुवात गरेका छन्। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबारदेखि सुरु लिगको उद्घाटन खेलमा न्युरोड टिम एनआरटले चर्चब्वाइज युनाइटेडमाथि पूनरागमन जित निकालेको हो।

खेलको पहिलो हाफमा नै बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज हार भोग्न बाध्य भयो। 

पहिलो हाफको ३६ औँ मिनेटमा अमन बहादुर तामाङको गोलमा चर्चब्वाइजले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ५५ औँ मिनेटमा विज्ञान खड्काको गोलमा सातदोबाटो खेलमा फर्किएको थियो। खेलको ८० औँ मिनेटमा खड्काको व्यक्तीगत दोस्रो गोलमा सातदोबाटोले पुनरागमन जित निकाल्न सफल भयो। 

आजै भएको लिगको दोस्रो खेलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .