ad ad

खेल


युरो कप : गोल्डेन बुटको अवार्ड ह्यारी केनसहित ६ खेलाडीलाई साझा

युरो कप : गोल्डेन बुटको अवार्ड ह्यारी केनसहित ६ खेलाडीलाई साझा

नेपालखबर
असार ३१, २०८१ सोमबार ५:३०, काठमाडौँ

इङल्यान्डका कप्तान ह्यारी केनले युरो कप २०२४ को गोल्डेन बुटको अवार्ड अन्य पाँच खेलाडीसँग साझा गर्नुपरेको छ। 

आइतबार राति सम्पन्न युरो कपमा स्पेनसँग २–१ ले पराजित भएकोे इङल्यान्डले गोल्डेन बुटको दौडमा समेत एकल रुपमा अवार्ड चुम्न सकेन। 

केनसँगै अन्य पाँच खेलाडीले पनि युरो कपमा समान तीन गोल गरेपछि केनले संयुक्त रुपमा गोल्डेन बुट अवार्ड जितेका छन्। 

केनसँगै स्पेनका डानी अल्मो, जर्जियाका जर्जस मिकाउटाजे, नेदरल्यान्ड्सका कोडी गाक्पो, स्लोभाकियाका इभान श्रान्ज र जर्मनीका जमाल मुसियालाले संयुक्त रुपमा गोल्डेन बुटको उपाधि आफ्नो नाममा गरेका हुन्। 

युरो कप २०२४ को फाइनलमा केन र ओल्मो दुवैले गोल गर्न सकेनन्। 

अघिल्लो युरो कपका युरोको टाइब्रकेको रुपमा असिस्टलाई आधार मान्दै लाइपजिगका मिडफिल्डर ओल्मोलाई अवार्ड दिने घोषणा गरेको थियो। तर युईएफएले यो पटक गोलमा मात्र गोल्डेन बुट अवार्ड दिने घोषणा गर्यो। 

स्पेनका विगंर लामिन यमाल युरोकपको युवा खेलाडी भोषित भए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .