ad ad

खेल


काभा नेसन्स लिगः दोस्रो सेमिफाइनलमा इरानविरुद्ध भिड्दै नेपाल

लिग चरणको बदला लिने अवसर
काभा नेसन्स लिगः दोस्रो सेमिफाइनलमा इरानविरुद्ध भिड्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८१ मंगलबार ७:४४, काठमाडौँ

घरेलु टोली नेपालले काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज इरानसँग भिड्दैछ। 

नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ। 

इरानसँगको भेट नेपाली टोलीका लागि लिग चरणमा भोगेको हारको बदला लिने अवसर समेत हो।
 
आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो। 
प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिस र डिफेन्समा गल्ती गर्दा लिगमा नै पहिलो हार व्यहोरेको थियो। 

उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमा हुनेछ।

आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्दैछन्। सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। 

तेस्रो जितसँगै भारत १० अंक सहित शीर्षस्थानमा छ। ९ अंक सहित नेपाल दोस्रो र ७ अंक भएको इरान‌ तेस्रो स्थानमा छ। ४ अंक भएको श्रीलंका चौथो स्थानमा छ। अंंकबिहिन मालदिभ्स पाँचौ स्थानमा रहँदै लिगबाट बाहिरीसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .