ad ad

खेल


जोसुआ जिर्कजी नायक बन्दा म्यानचेष्टर युनाइटेडको विजय सुरुवात

जोसुआ जिर्कजी नायक बन्दा म्यानचेष्टर युनाइटेडको विजय सुरुवात

नेपालखबर
भदौ १, २०८१ शनिबार ५:५७, काठमाडौँ

म्यानचेष्टर युनाइटेडले इङलिस प्रिमियर लिगको नयाँ सिजनमा विजय सुरुवात गरेको छ। 

यसै सिजन ३६ मिलियन खर्चेर टोलीमा भित्राएका जोसुआ जिर्कजी नायक बन्दा युनाइटेडले विजय सुरुवात सुखद गरेको हो। 

गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले फुलहामलाई १–० गोल अन्तरले पराजित गर्यो। 

खेलको ८७ औँ मिनेटमा जिर्कजीको निर्णायक गोलमा युनाइटेडले अंक तालिकामा खाता खोलेको हो। 

जितसँगै युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा छ। पराजित फुलहम पुछारमा छ।  लिगमा आज राति ६ खेल हुनेछन्। 

लिभरपुलले यसै सिजन बढुवा भएको इप्सविच टाउनसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ। 

लिगभरपुलले पछिल्लो ६ वर्षमा ५ पटक बढुवा भएको टोलीसाग खेल्दै सिजनको सुरुवात गरेको छ। 

इप्सविच टाउनले लिगका पछिल्ला १० सुरुवाती खेलमा हार व्यहोरेको छैन।  आजै हुने अर्को खेलमा आर्सनलले वुल्भसविरुद्ध खेल्दैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .