ad ad

खेल


श्रीलंकाको हारले नेपाल सेमिफाइनलमा, समूह विजेता बन्न बंगलादेशसँग भिड्ने

श्रीलंकाको हारले नेपाल सेमिफाइनलमा, समूह विजेता बन्न बंगलादेशसँग भिड्ने

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १७:३६, काठमाडौँ

नेपालमा जारी साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले विजयी सुरुवात गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको बगंलादेशले दोस्रो हाफमा १ गोल थप्यो।

च्याम्पियनसिपको समूह चरणमा लगातार दोस्रो हार व्यहोरेको श्रीलंका भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ।

च्याम्पियनसिपमा पहिलो जित निकालेका बंगलादेश र नेपाल भने एक खेल अगावै सेमिफाइनलमा पुगेका छन्।

समूह चरणको अन्तिम खेलमा अब नेपाल र बंगलादेश भिड्नेछन्।

सो खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। यी दुई टोली बिहिबार भिड्नेछन्।

च्याम्पियनसिपमा बुधबार समूह बी को खेलमा मालदिभ्स र भुटान भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .