साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल जारी छ। जारी खेलमा नेपालले सुरुवातमै २ गोल गर्दै अग्रता बनाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा नेपालले २ मिनेटको अन्तरमा दुई गोल गरेको हो।
१७ औँ मिनेटमा समिर तामाङ र १९ औँ मिनेटमा निराजन धामीले गोल गरेका हुन्।
नेपाल सेमिफाइनल पुगिसकेको छ। यो खेलको विजेता टोली समू विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन्।
1.1k
Shares
प्रतिक्रिया