ad ad

खेल


साफ यू-२० च्याम्पियनसिप : सेमिफाइनलका खेल एन्फा मैदानमा नै हुने

साफ यू-२० च्याम्पियनसिप : सेमिफाइनलका खेल एन्फा मैदानमा नै हुने

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार २०:४३, काठमाडौँ

साफ यू–२० च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलका खेलहरु ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नै हुने भएको छ।

यसअघि काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने भनिएको खेल खराब मैदानका कारण एन्फा कम्प्लेक्स मैदानमा सारिएको थियो।

समूह चरणका खेलहरु एन्फा मैदानमा र सेमिफाइनल र फाइनल खेल दशरथ रगंशालामा गराउने तयारी एन्फाले गरेको थियो।

यद्यपी मैदानको खराब अवस्थाका कारण नै सेमिफाइनल खेल पनि एन्फा कम्प्लेक्स मैदानमा हुने प्रवक्ता सुरेश शाहले बताए।

उनले भने, सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा गराउने योजना थियो तर मैदानको अवस्थाका कारण सेमिफाइनल खेल एन्फा मैदानमा हुनेछ। मैदान ठिक भए फाइनल खेल दशरथ रगंशालामा हुनेछ।

च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा समूह ए को विजेता नेपालले समूह बी को उपविजेता भुटानविरुद्ध खेल्नेछ। सो खेल आइतबार हुनेछ।

दोस्रो सेमिफाइनलमा समूह बी को विजेता भारतले भने समूह ए को उपविजेता बंगलादेशविरुद्ध खेल्नेछ। दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ।
फाइनल खेल बुधबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .